१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बर्दिवास नगर कार्यालय अगाडि भेटिएकाे कुकर बम निष्क्रिय

रवीन्द्र उप्रेती

महोत्तरी — बर्दिवास नगरपालिका कार्यालयनजिक सोमबार बिहान फेला परेकाे कुकर बम सेनाले निष्क्रिय पारेकाे छ । पूर्वपश्चिम राजमार्ग छेउस्थित नगर कार्यालयको मूल गेटनजिक कुकर बम भेटिएकाे थियाे ।

बर्दिवास नगर कार्यालय अगाडि भेटिएकाे कुकर बम निष्क्रिय

प्लाष्टिकको डोरीले बाँधिएको कार्टुनभित्र २ लिटर क्षमताको कुकुर रहेको र बाहिरबाटै विद्युत तारसहित भेटिएकाे थियाे ।

उक्त वस्तु भएको जानकारीलगत्तै घटनास्थललाई सुरक्षा घेरामा लिइएको थियाे । सशस्त्र र नेपाल प्रहरीको टोलीले ५० मिटर वरपर आवागमन रोकेको थियाे । आसपासका पसल बन्द राखिएको वर्दिवासस्थित इलाका प्रहरीका डिएसपी निसान थापाले जनाए ।


प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सेनाको डिस्पोजल टोलीले डिस्पाेज गरेकाे बताए ।


सोमबार नेक्रवित्रम चन्द समूहले बन्द आव्हान गरेकाले बम पनि चन्द समूहले नै राखेको हुनसक्ने आशंका गरिएको छ ।


बन्द प्रभाव

चन्द समूहको बन्दका कारण महोत्तरीमा यातायात प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग र वर्दिवास जलेश्वर सडक खण्डमा बिहानैदेखि सवारीसाधन चलेका छैनन् । पूर्वबाट चल्ने सवारीसमेत नाआएकाले राजमार्ग बिहानैदेखि सुनसान बनेको थियो ।


यातायातका सधन नचल्दा राजमार्ग क्षेत्रमा यात्रुको विचल्ली भएको छ । हाटबजार खुला देखिए पनि आवागमन नचल्दा बजार क्षेत्र सुनसान बनेका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?