कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कहिले बन्ला खकार जाँच्ने मेसिन ?

बारा — आउँदो सन् १९५० भित्र नेपाललाई ‘टिबी फ्री’ (क्षयरोग मुक्त) बनाउने सरकारको लक्ष्य छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र कलैया अस्पतालमा रहेको उच्च प्रविधिको खकार जाँच गर्ने मेसिन भने वर्षौंदेखि बिग्रिँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । ४० लाख पर्ने ‘जिन एक्सपर्ट’ मेसिन बिग्रेको हो । 

यसले टीबीका बिरामी र बिरामी भए/नभएको जाँच गर्न आउने सम्भावित टीबी रोगीको खकार जाँच्न समस्या भएको छ । टीबी भए/नभएको सूक्ष्म तथा उच्च प्रविधिबाट प्रतिव्यक्तिको खकार जाँच गर्न निजीमा १५ हजार रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।


तर नि:शुल्क जाँचको व्यवस्था गरिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र कलैया जनस्वास्थ्यमा यस्तो जाँच मेसिन अभावमा प्रभावित छ ।


मेसिन बिग्रेको कारण एक पटकमा ४ जनाको खकार जाँच हुनुपर्नेमा ३ जनाको मात्र भइरहेको छ । यस्तै कलैया अस्पतालमा ४ जनाको खकार एकपटकमा जाँच गर्नुपर्नेमा मेसिन अभावमा २ जनाको खकार मात्र जाँच भइरहेको छ ।


यसले खकार जाँच गराउने चाप बढेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा २ वर्षदेखि ब्रिगेको मेसिन एक साताअघि मर्मत भई जाँच सुरु गरिएको भए पनि यो जाँच अझै अधुरो छ । अझै एकवटा मेसिन बिग्रिरहेकै कारण एक पटकमा ४ जनाको खकार जाँच हुनुपर्नेमा ३ जनाको मात्र भइरहेको त्यहाँका प्रगोगशाला प्राविधिकले बताए ।


‘मेसिनको क्षमताअनुसार दिनको १२ जनाको खकार जाँच हुनुपर्छ, तर मेसिन ब्रिगेकोले ९ जनाको खकार जाँच भइरहेको छ,’ उनले भने, ‘२ वर्षदेखि ठप्पै थियो ।


एक साताअघि बनाएर ल्याइएको मेसिनले जेनतेन ९ जनाको खकार जाँच भइरहेको छ ।’ त्यसैगरी कलैयास्थित जनस्वास्थ्य कार्यालयका क्षयरोग फाँट प्रमुख शेख फुल महम्मदका अनुसार कलैयाको मेसिन एक सातादेखि बिग्रेकाले दिनको १२ जनाको खकार जाँच हुनुपर्नेमा ६ जनाको मात्र जाँच भइरहेको छ ।


‘वीरगन्ज अस्पतालको मेसिन २ वर्षदेखि बिग्रेकाले कलैया जनस्वास्थ्यमा खकार जाँच गर्न आउनेको चाप अधिक थियो ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?