१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पञ्चावती मन्दिरमा घुइँचो

वैशाख शुक्ल पूर्णिमाका दिन हरेक वर्ष लाग्ने मेला भर्न र विगतमा गरेको भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाडौं, झापा, सुनसरी, महोतरीलगायत भारतको बिहारबाट समेत भक्तजन आउने गर्छन् ।
भरत जर्घामगर

सिरहा — सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा शनिबार मेलामा श्रद्धालुहरूको घुइँचो लागेको छ । वर्षेनी मेला भर्न आउने श्रद्धालुहरूको संख्या बढ्दो छ ।

पञ्चावती मन्दिरमा घुइँचो

वैशाख शुक्ल पुर्णिमाका दिन हरेक वर्ष लाग्ने मेला भर्न र विगतमा गरेको भाकल पूरा भएपछि मन्दिरमा पशुपंक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाडौं, झापा, सुनसरी, महोतरीलगायत भारतको विहारबाट समेत भक्तजन आउने गर्छन् ।


राजदेवी मन्दिरमा पूजा गरेपछि निःसन्तानलाई सन्तान प्राप्ति, रोग विनाश, कार्यसफलता हुने विश्वासले भक्तजन भाकल गरेर आउने गर्छन् । लहानदेखि ९ किलोमिटर उतर चुरेजङ्गलको फेदीमा रहेको राजदेवी मन्दिरमा बोका, पाठी, हाास, परेवा र कुखुराको बलि दिने गरिएको छ ।


पुरुषले भाकल गर्दा बोका र महिलाले पाठी बलि दिन्छन् । वैशाखे पूर्णिमा अर्थात् चण्डी पूर्णिमाका दिन मात्र बलि दिइने मन्दिरमा भाकल पूरा भएपछि भक्तजनले पशुपंक्षी बली दिने गरेका हुन् । राजदेवी मातालाई चण्डी पूर्णिमाका दिन मात्र बलि चढाउने गरिएको छ ।


भाकल पूरा भएपछि मन्दिरमा बली चढाउन आउने भक्तजनको संख्या बर्सेनि बृद्धि हुने गरेको पूजा व्यावस्थापन समितिले जनाएको छ । गतवर्ष ३५ हजारभन्दा बढी बोका र पाठीको बलि दिइएको थियो । चुरेजंगलमा स्थापित मन्दिरमा परापूर्वकालदेखि नै बलिपूजा गर्ने प्रचलन रहेको स्थानीय बासिन्दाले बताए ।


गढिमाई मन्दिरपछि राजदेवी पञ्चावती मन्दिरमा अत्यधिक बलि दिने गरिएको मन्दिरका पुजारी डम्बरबहादुर भट्टले बताए । उनका अनुसार दश पुस्ताअघि त्यस क्षेत्रको वनमा जंगली जनावरले दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यसक्षेत्रमा मन्दिर स्थापना गरी पूर्णिमाको दिन बलि दिनु भनेअनुसार बलि दिने परम्परा शुरु भएका हो ।


मन्दिरको चारैतीर जंगलले घेरिएको र चरा चुरुंगी चिरबिर आवाजले देवस्थल रमणीय छ । मन्दिरको उतरपट्टि राजाजी, दिनाभद्री, कुवेर, पूर्वतिर लाटी बौकी र सलहेस, दक्षिणमा नागनागिना र उतरपश्चिमतर्फ बलि दिने स्थान छ ।

चर्को घामले एक श्रद्धालुको मृत्यु

चर्को घाम र अत्यधिक गर्मीका कारण मेला भर्न आएका सिरहा सुखीपुर २ चन्नरपट्टिका ४० वर्षीय बालगोपाल यादवको मृत्यु भएको छ । भीडभाड, चर्को घाम र गर्मीका कारण बेहोस भएका यादवको प्राथमिक उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनी बेहोस भएपछि मेला समितिले तत्काल उपचारका लागि प्रयत्न गरे पनि सफल नसकेको समितिले जनाएको छ । चर्को घाम, गर्मी र अत्यधिक भीडका कारण १२ जना श्रद्धालु भक्तजन बेहोस भएको समितिले जनायो । प्राथमिक उपचारपछि उनीहरू घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?