कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तातोले हुरी पीडितलाई उकुसमुकुस

पवन यादव

भलुही (बारा) — बाराको फेटा गाउँपालिका १ भलुहीका हावाहुन्डरी पीडितहरू दिउँसोको प्रचण्ड घाम लागेको बेला टेन्टमा भेटिदैनन् । घरका पुरुषहरू काम गर्न शहर तिर लाग्छन् । महिला र बालबालिकाहरू मात्र गाउमा भेटिन्छन् । उनीहरू पनि टेन्टमा बसेको पाइदैन ।

तातोले हुरी पीडितलाई उकुसमुकुस

शितल खोज्न सबै टेन्ट बाहिरै बसेका हुन्छन् । मध्यान्ह पछि सुर्यको किरण पश्चिम दिशामा ढल्न थालेपछि केही महिला र बालबालिका टेन्ट अगाडीकै छहारीमा सुतेको भने भेटिने गर्छन । स्थानीय ३० वर्षिया गायत्रीदेवी दास २ जना नाबालिका छोरीहरूसंगै टेन्ट अगाडीको छहारीमा सोमबार भेटिएकी थिइन ।

उनकी आमा ५५ वर्षिया चन्द्रीकादेवी दास बर्खाले भिजेको गहु टेन्ट अगाडी नै घाममा सुकाई रहेकी थिईन । उनको घरमा दिउसो बालबालिका र महिला बाहेका कोही पुरुष थिएनन । सबै रोजगारीका लागी शहरतिर गएका थिए । ६० वर्षिय भज्जु दास अटो चलाउन बीरगंज र ज्वाई रंगलाल दास पाल्दारी मजदुरी गर्न प्रसौनी बजारमा गएको चन्द्रीकाले बताइन ।

‘घरका पुरुषले कमाएर ल्याएपछि खान लाउन पुग्छ,’ उनले भनिन, ‘हामी महिला र बालबालिका मात्र दिउसो टेन्ट कुरेर बस्छौं ।’ हुरीले रुखहरू पनि ढालीदिएको छ । ढलेको रुखको छहारीमा बसेर दिन कटाउन परेको उनले बताईन । ‘घामले टेन्टमा बस्नै सकिदैन’ उनले भनिन, ‘घामले तातेर टेन्टभित्र तातो राप आउछ । तातो रापले टेन्टमा पस्नै सकिदैन । पसियो भने ढलेर बेहोस हुने अवस्था आउँछ । ’ टेन्ट अगाडी नै सुतेकी गायत्रीले टेन्टमा पस्न गाह्रो भएपछि बाहिर सुतेको बताईन ।

‘घर भत्केपछि धेरै कष्टपुर्ण दिन बिताईरहेका छौं,’ उनले भनिन, ‘भागी–भागी समय कटाउनु परेको छ ।’ सेनाले घरको नापजोख गर्ने काम गरीरहेको उनले बताईन । कहिले सम्म घर बन्ने हो र कहिले देखी घर बनाउने काम सुरु हुने हो आफुलाई कुनै जानकारी नभएको उनले सुनाईन । घर नभएपछि खेतको गहुबाली, खानेकुरा, लता कपडा सबै टेन्टमै कोचेर राखिएको र त्यसैमा राती उकुस मुकुस गरेर बस्नु परेको उनले जनाइन । उनको परिवारमा ४ जना बालबालिका र २ बृद्धबृद्धासहित ८ जना रहेका छन ।

चर्को घामले दिउसो टेन्टमा बस्नै नसक्ने अवस्था आएको पीडितहरूको भनाई छ । ‘टेन्टले यहाँको मुसलधारे बर्खालाई पनि छेक्न सकेको छैन,’ पीडितहरू भन्छन, ‘प्रचण्ड घामले त टेन्टमा बस्नै नसक्ने भएका छौं ।’

टेन्टमा भएको गर्मी सहन नसकेर बाराको सुवर्ण गाउपालिका ८ हर्दिया प्रसुरामपुरकी निसहारी देवी छिमेकीको बार्दलीमा पुग्ने गरेकी छन । उनी ५ महिनाको छोरी कुसुम र ३ वर्षिय छोरा रोबाकुमार यादवलाई लिएर गर्मी छल्न छिमेकीको बार्दलीमा पुग्ने गरेकी हुन ।

३ छोरी र एक छोरा सहित दिउसो घामबाट बच्न छटपटिएर भौतारिनु परेको उनले गुनासो गरिन् ।

‘१० बजे पछि टेन्टमा एक छिन पनि बस्न नसक्ने अवस्था हुन्छ,’ उनले भनिन, ‘टेन्टमा भएको गर्मीले दिएको पीडा भनी साध्य छैन ।’ उनी जस्तै टेन्टको गर्मी खेप्न नसकेर गाउकै अर्का हावाहुन्डरी पीडित जमिला खातुन पनि सासु र बुहारी सहित रुख नजिक बनाईएको टहरामा पुगेकी थिईन । गर्मीले रिंगटा लागेर लडने अनुभुती टेन्ट भित्र हुने गरेको उनले सुनाईन ।

उनी जस्तै टेन्टको गर्मी खेप्न नसकेर गाउकै अर्का हावाहुन्डरी पीडित जमिला खातुन पनि सासु र बुहारी सहित रुख नजिक बनाईएको टहरामा पुगेकी थिईन । गर्मीले रिंगटा लागेर लडने अनुभुती टेन्ट भित्र हुने गरेको उनले बताईन । ‘१० बजे पछि टेन्टमा पस्ने बित्तिकै फेन्ट भएर लडिन्छ जस्तो लाग्छ ।’ धेरै गाह्रो भएपछि टेन्ट बाहिर बस्न थालेको उनले जानकारी दिईन । हामी मात्र होईनौं । गाउका सबै हावाहुरी पीडितहरू दिनमा टेन्टमा बस्दैनन । उनीहरू पनि हामी जस्तै टहरा, छिमेकीको घारमो भारदलीमा बसेर दिन कटाउने गरेको उनले बताईन ।

टेन्टमा बस्न आफुहरूलाई समस्या भएकोले चाडो भन्दा चाडो घर निर्माण पुरा गर्नुपर्ने माग अर्का पीडित मजिरा खातुनको छ ।

प्रकाशित : वैशाख २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?