कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सन्तान जन्माउन भाकल !

सुनिता बराल

बर्दिवास — चाडपर्व तथा विभिन्न मेलामा शक्तिपीठमा चढाइने पशुबलिको चर्को विरोध हुन्छ । हिन्दु धर्मावलम्बीले आस्था र विश्वासका साथमा विभिन्न शक्तिपीठहरूमा पशुबलि चढाउँछन् । विभिन्न धर्मले पशुबलिको विरोध गरिरहेको भए पनि बलिप्रथा कम हुन सकेको छैन ।

महोत्तरीको बलवा नगरपालिका ३ स्थित कारिख महाराज अप्रासति माइ मन्दिरमा कुनै पर्व र मेलाबिनै वर्षमा हजारौं बोकाको बलि चढाइन्छ । वर्षभरिका पुस, भदौ र चैत महिना बाहेक हप्ताको दुई दिन सोमबार र शुक्रबार मन्दिरमा बोका बलि चढाउने भक्तजको घुइँचो लाग्छ ।


परम्परादेखि नै बोका र परेवा बलि चढाइँदै आएको मन्दिरमा भारतको सुरशन, सीतामढी, विहार र नेपालका अधिकांश ठाउँबाट मानिसहरू आस्था बोकेर महोत्तरी आउने गर्छन । जे माग्यो त्यही पाउने विश्वाससहित मानिसहरू महाराज मन्दिरमा आउँने गरेका स्थानीय बताउँछन् ।


भक्तजनहरूमा विशेषगरी कारिख माहाराज अप्रासति माइै मन्दिरमा मागेपछि सन्तान प्राप्ति हुने ठूलो विश्वास रहेको पाइन्छ । महोरीको गौशला नगरपालिका २ की पकडियादेवी साहले ३ वटा छोरीछोरी जन्माइन् । छोरा नजन्मिएपछि पकडियाले परिवारको हेलाँ मात्रै सहन परेन थुप्रै यातनाहरू पनि सहिन् । उनलाई कारिख महाराजको भाकल गर्न सबैले कर लगाए ।


छोरा जन्मिएमा कारिख महाराज अप्रासती माई मन्दिरमा बोका चढाउने उनले बाचा गरिन् । १० वर्ष अगाडि गरेको बाचा भगवानले पूरा गरिदिएकाले दुई छोरा आफूले जन्माएको पकडियालाई विश्वास छ । “छोरीछोरी जन्मिएपछि घरमा धेरै दुःख सहनपर्थ्यो ‘उनले भनिन्, ‘भगवान दाहिन भएपछि छोरा जन्मियो,’ परिवार पनि खुसी म पनि खुसी छु । पकडिया छोरा जन्मिएकोमा दिने भनिएको बोका पूजा गर्न मन्दिर पुगेकी थिइन् ।


भारतको विहारबाट आएका विकेस मिश्रले पनि आफूलाई सन्तान प्राप्ति भएकाले भगवानलाई धन्यवाद दिन मन्दिर आएको बताए । विवाह भएको लामो समयसम्म बच्चा भएको थिएन, उनले भने ‘साथीहरूको माध्यमबाट कारिख महाराज मन्दिरको बारेमा थाहा पाएर बोका चढाउने बाचा गरेपछि सन्तान भयो ।’ मन्दिरमा सोमबार र शुत्रबार बलि चढाउनेहरूको भीड लाग्ने गर्छ । बली चढाउने दिन एकै दिनमा १० हजार बढी दर्शनार्थीहरू कारिख मन्दिरमा आउने गर्दछन् भने दिनमा ६/७ सय बोकाको बलि चढ्ने गर्दछ ।


सन्तान प्राप्तिको लागि १३ वर्षअघि बोका चढाउने भाकल सिन्धुली दुधौली १ कि नम्रता दाहालले पनि गरेकी थिइन् । विवाह भएको ५ वर्षसम्म बच्चाा नभएपछि साथीहरूले बलि चढाउने संकल्प गर्न लगाएका थिए उनलाई । अहिले १२ वर्षको एक छोरा र १ छोरी छन् उनको । कारिख महाराज स्थानकै शक्तिले आफ्नो बच्चा भएको विश्वास आफूलाई भएको नम्रताले बताइन् ।


सो मन्दिरमा बलि चढाएको बोकाको मासु मन्दिर परिसरमै पकाएर खानुपर्ने मान्यता रहेको छ । सबै भक्तजनले मन्दिर वरपर खाने र फोहोर गर्ने भएपछि फोहोर व्यवस्थापनको चिन्ता भने स्थानीयलाई परेको छ । स्थानीय कालीदेवीले साहले मन्दिर व्यवस्थापन समितिले फोहोर व्यवस्थापन नगर्दा फोहोर बढ्दै गएकोले दुर्गन्ध बढ्दै गएको बताइन् । बली चढाउँदा हजाारौ बोकाको रगत बगेर एउटा नालामा जम्ने गर्छ त्यहाँबाट पनि रोगको सिकार भइएला कि भन्नेमा स्थानीय चिन्तित छन् ।


यता मन्दिर व्यवस्थापन समितिमा विवाद भएका कारण समितिले मन्दिरको रेखदेख नगरेपछि मन्दिरको आर्थिक हरहिसाब ३ नम्बर वडा कार्यालयका वडासचिवले राख्ने गरेका छन् । एउटा बोका पूजा गर्दा भक्तजनले मन्दिरलाई ९० रुपैया बुझाउन पर्छ । भक्तजनले किन्ने टिकट र चढाएको भेटीले मन्दिरले राम्रो आम्दानी गरिरहेको मन्दिरका पुजारी भोरिल यादवले बताए ।


उनका अनुसार मन्दिरको आयस्रोत के गर्ने भन्ने विषयमा व्यवस्थापन समितिको विवादका कारण अन्योलमा रहेको छ । मन्दिरमा १ सय १३ वर्षका मुख्य पुजारीका रूपमा सुरेश यादव छन् भने सहायक पुजारीहरू ४ जना छन् । मन्दिरको आएस्रोतमा आउने टिकटबापत आउने ९० रुपैयाँबाट ३० रुपैयाँ पुजारीले लिने गर्दछन् ।


३ बिघा क्षेत्रफलमा फैलिएको मन्दिरमा बर्सेनि दर्शनार्थीको संङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी भोरिल यादवले बताए । उनका अनुसार सो मन्दिरमा एक वर्षमा २० हजार बोकाको बलि चढाउने गरिन्छ भने ५ लाख दर्शनार्थी मन्दिर दर्शन गर्नका लागि आउने गर्दछन् ।

प्रकाशित : वैशाख १६, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?