कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रदेश ३ का मुख्यमन्त्रीले हावाहुरी पीडितका लागि दिए १ करोड रुपैयाँ

सन्तोष सिंह

जनकपुर — प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को  बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोगस्वरुप एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्रीले हावाहुरी पीडितका लागि दिए १ करोड रुपैयाँ

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री राउतलाई एक करोडको चेक पौडेलले हस्तान्तरण गरेका हुन् । चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो । हावाहुरीबाट जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाा सहयोग गर्ने घोषणा गरेको थियो ।


मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद दिएका थिए । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका थिए ।प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाा मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ ।


बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरे । मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश शिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : वैशाख ४, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?