कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनकपुरमा अप्टिकल फाइवर

शाहीमान राई

जनकपुर — नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टू द होम (एफटीटीएच) योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत २५ वटै वडामा तीव्र गतिमा चल्ने इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्न लागेको हो । 

जनकपुरमा अप्टिकल फाइवर

टेलिकमले निजी कम्पनीभन्दा सस्तो शुल्कमा सेवा प्रदान गरेकोले सरकारी कम्पनी टेलिकमको सेवा लिन मन्त्री बास्कोटाले सर्वसाधारणलाई आग्रह गरे । पर्याप्त जनशक्ति भएको नेपाल टेलिकम सरकारको पहिलो नाफामूलक कम्पनी हुनुपर्ने भए पनि विभिन्न कारणले प्रतिस्पर्धामा पछि पर्न लागेको महसुस गरेको मन्त्री बास्कोटाले बताए ।


करिब दुई सय ४१ घरमा फाइबर टू द होम सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । टेलिकमले भत्किएका संरचना मर्मत सम्भार तथा पुनः निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइबर विस्तार कार्यलाई तीव्रता दिएको छ ।


एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तर्गत निर्माणाधिन सडक विस्तार, कालोपत्रे, ग्राभेल, मर्मत सम्भार, ढलनिकासका लागि ड्रेन नाली निर्माण गर्ने क्रममा भत्किएर अवरुद्ध टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अप्टिकल फाइबरको माध्यमबाट पुनः सञ्चालन गर्न लागेको टेलिकमका क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख चिन्मय आनन्दले बताए ।


टेलिकमले अप्टिकल फाइबर विस्तार गरिसकेपछि मोबाइलमा फोजी इन्टरनेट डाटा, टेलिफोन, न्यूनतम ८ एमबीपीएस गतिको इन्टरनेट सेवा घरघरमा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको प्रमुख आनन्दले बताए ।

प्रकाशित : चैत्र २९, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?