२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बिचौलियाले चलाए सरकारी कार्यालय

सन्तोष सिंह

(धनुषा) — जनकपुरको श्रम तथा रोजगार, यतायात कार्यालय र मालपोत कार्यालयमा विचौलिया हावी भएका छन्  । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत शपथ ग्रहणमा गरेका प्रतिबद्धतामा सुशासन थियो  ।

घूसको गुनासो बढेपछि मुख्यमन्त्री राउत जिल्ला मालपोत कार्यालय धनुषामा छडके अनुगमन पनि गरे । तर, मालपोत कार्यालयका विचौलिया र कर्मचारी टसमस भएनन् ।

मालपोत कार्यालयमा मुख्यमन्त्री राउत, अर्को घूसको अखडा यतायात कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र श्रम कार्यालयमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले अनुगन गरी फर्के पनि विचौलिया टसमस भएको छैनन् । जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अगाडि पुग्दा एक दिनमै काम गराइदिने लोभ देखाउने विचौलिया भेटिन्छन् । विचौलिहरूमध्येकै एक लक्ष्मेश्वरले तोक लागेपछि एक दिनमै काम गराउन न्यूनतम ४ हजार लाग्ने बताउँछन् । श्रमका लागि अनलाइन फारम भर्न काउन्टर खोलेका लक्ष्मेश्वरले सडकबाटै सेवाग्राहीलाई तानेर काउन्टरमा लगेर घूसको मोलतोल गर्छन् ।

बुधबार श्रम तथा रोजगार कार्यालयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव छडके अनुगमनम पुग्दा लक्ष्मेश्वर सडकमा सेवाग्राहीसँग मोलतोल गर्दै थिए । अतिरिक्त शुल्क बुझाए सेवाग्राहीलाई दिनभरी लाइनमा बस्नु नपर्ने र सहजै सेटिङमा काम हुने उनले सेवाग्राहीलाई लोभ्याउदै थिए । श्रम कार्यालयमा हाम्रो सेटिङ छ, उनले भने, ‘लाइनमा बस्न नचाहने र हतार भएकाहरूका लागि हाम्रो सेटिङमा चाँडै काम हुन्छ । श्रम कार्यालय अगाडिको सडकमा काउन्टर खोलेका व्यवसायीहरूले कार्यालयकै विद्युत् र इन्टरनेट प्रयोग गरी प्रतिव्यक्ति १ हजारका दरले संकलन गरेको पाइएको छ । कार्यालयले फारम भर्न ३ सय रुपैयाँ तोके पनि सेवाग्राहीबाट हजार उठाएको पाइएको छ ।

बैदेशिक रोजगारमा जानेहरूको सहजताका लागि काठमाडौंको सेवा प्रदेश अस्थायी राजधानी जनकपुरमा सरकारले सुरु गरेको छ । तर, जनशक्ति अभाव, कर्मचारी गैर जिम्मेवारी, विचौलियमार्फत काम हुने भएपछि श्रम कार्यालयको सेवा प्रभावकारी बन्न सकेको छैन । श्रम कार्यालयबारे जनगुनासो बढेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले छडके अनुगमन गरेका छन् ।

यातायातमा बिचौलिया सवारी चालक अनुमति पक्र खरिद बित्रीको आरोप लागेको यतायात व्यवस्था कार्यालय जनकपुरमा विचौलिया कर्मचारीकै कुर्सीमा बसेर सरकारी श्रेष्तामा विवरण चढाउँदै गरेको भेटिन्छन् ।

महोत्तरी पिपरा नगरपालिका ७ बनौलिका गौतम मुखिया मोटरसाइकलको बिल बुक बनाउन यतायात व्यवस्था कार्यालय जनकपुर आउँदा कार्यालयमा फाइल नै भेटिएन । कार्यालयमा पुग्दा ३/४ घण्टा फाइल खोज्नमै बित्यो । कार्यालयमै भेटिएका बिचौलियाले उनलाई २ हजार रुपैयाँ खर्च गरे नयाँ फाइल तयार गरिदिने बताएपछि छक्क परे । जनकपुरका शशि भूषण झा नयाँ मोटरसाइकल नामसारी गर्न जाँदा कर्मचारीले फाइल नै अगाडि बढाएनन् । यातायात व्यवस्थ कार्यालय जनकपुरको बाहिर सटरमा भेटिएका बिचौलियाले ४ सय रुपैयाँ लिएर २ घण्टामा मोटरसाइकल नामसारी गरी कागजात हातमा थमाइदिएको मन्त्री सोनलाई जानकारी गराए ।

यातायात कार्यालय जनकपुरको अनुगमनमा पुगेका प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल यातायात कार्यालयमा कर्मचारी र सेवाग्राही छुटयाउनै मुस्किल भएको बताए । ‘जनकपुर यातायातमा विचौलिया र घूस गुनासो बढेको पाइएकाले सुधारका लागि पहल गर्नु छु’, भने । तर, यातायात कार्यालयमा मन्त्री सोनलले अनुगमन गरेको महिना दिन वित्न लाग्दा पनि कुनै सुधार भएको छैन । विचौलियाको हालिमुहाली कायमै छ । यातायात व्यवस्था कार्यालय जनकपुरमा कर्मचारीले सवारीधनीसँग राजस्व बुझन पनि घूस माग्ने गरेको पाइएको छ । राजस्व बुझाउन कार्यालय पुगेका सेवाग्राहीलाई बिचौलियामार्फत घूस मागेको पाइएको हो । मोटरसाइकलको राजस्व तिर्न कार्यालय गएका सेवाग्राहीलाई कर्मचारीले सर्भर डाउन भएको भन्दै फर्काएका थिए ।

कार्यालय परिसरमा सेवाग्राहीलाई बिचौलियाले फकाउँदै भने, ‘मलाई दिनुस् यहाँको सर्भर काम गरेको छैन, म अर्को कोठाबाट काम गराएर ल्याइदिन्छु ।’ काम हुँदैन भनेर चिन्ताले पीरोलेको ती युवाले बिचौलियासँग राजस्व शुल्क र अक्तिरित्त एक हजारमा सहमति गरेर काम गराएर फर्के । मुजेलियास्थित रहेको यातायात कार्यालय जनकपुरमा कर बुझाउँदा १ हजार घूस दिनु परेको सेवाग्राही बताउँछन् । यस्तै विकृतीले जनकपुर यातायता बदनाम भएको छ । सवारी नामसारी, लाइेन्स बनाउन, लाइसेन्स नवीकरण गराउन, राजस्व तिर्न पनि घूस अनिवार्य भएको सेवाग्राहीको गुनासो छ ।

प्रकाशित : चैत्र २३, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?