कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राप्रपा (संयुक्त) द्वारा हावाहुरीबाट मृत्यु भएकाका प्रत्येक परिवारलाई १२ हजार राहत

काठमाडौँ — राप्रपा (संयुक्त) ले बारा र पर्सा जिल्लाका हावाहुरीका कारण मृत्यु भएकाका प्रतिपरिवार १२ हजार राहत प्रदान गरेको छ । शुक्रबार प्रभावित क्षेत्र पुगेका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले मृतकका प्रत्येक परिवारलाई १२ हजारका दरले राहत रकम र पीडित परिवारलाई लत्ताकपडासमेत वितरण गरेका हुन् ।   

राप्रपा (संयुक्त) द्वारा हावाहुरीबाट मृत्यु भएकाका प्रत्येक परिवारलाई १२ हजार राहत

दुवै अध्यक्षले नारायणी उपक्षेत्रीय अस्पतालमा घाइतेहरुलाई फलफूल वितरण गरिएको राप्रपा (संयुक्त) बारा जिल्ला कार्यसमितिले जनाएको छ ।

गत आइतबार आएको हावाहुरीबाट बारा र पर्साका २९ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । हुरी प्रभावित क्षेत्रमा घरहरु पुन:निर्माण, राहत वितरणको काम भइरहेको छ ।

प्रकाशित : चैत्र २२, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?