एसईईको प्रश्नपत्र बाहिरिएको विषय छानबिन गर्न प्रदेश सरकारले बनायो अर्को समिति 

श्यामसुन्दर शशी

जनकपुर — विज्ञान विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिएको विषय छानबिन गर्न २ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको छ । 

एसईईको प्रश्नपत्र बाहिरिएको विषय छानबिन गर्न प्रदेश सरकारले बनायो अर्को समिति 

मन्त्रालयले बिहीबार शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । समितिमा उपसचिव ठूलोबाबु दाहाल र कानुन शाखा हेर्ने उपसचिव अरुणकुमार झा सदस्य छन् ।


पत्रकार सम्मेलनमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकार एकलौटी रुपमा परीक्षा सञ्चालन गरेको आरोप लगाए ।

प्रकाशित : चैत्र १४, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?