छिमेकीबाटै नाबालिका बलात्कृत

पर्सा — पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेकी ५ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्थानीय बालिकालाई उनकै छिमेकी २० वर्षीय देवकुमार पटेलले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार आइतबार दिउँसो ३ बजे घर बाहिर एक्लै खेलिरहेकी बालिकालाई पटेलले चकलेट दिएर फकाएका थिए । त्यसपछि अर्को चकलेट दिन्छु भन्दै आफ्नो घरमा लगेर बलात्कार गरेका थिए ।


बालिका रून थालेपछि डराएका पटेल त्यहाँबाट फरार भएका थिए । सीमावर्ती गाउँ भएकाले उनी भारततर्फ भागेको अनुमान छ । पटेललको खोजतलास जारी रहेको राईले बताए ।


बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरेर आइतबार साँझ नै अभिभावको जिम्मा लगाएर घर पठाइएको छ । ‘बालिकालाई अभिभावकको जिम्मा लगाएर घर पठाएका छौं,’ उनले भने, ‘पटेलको खोजतलास पनि जारी छ ।’


चिकित्सकको रिपोर्ट नआएकाले बालिकाको घाउचोटबारे भन्न नसकिने उनले बताए । प्रत्यक्षदर्शिका अनुसार बालिकालाई अस्पताल ल्याउँदा उनको स्थिति नाजुक थियो । आवश्यक उपचारपछि राति ८ बजे बालिकालाई अभिभावकको जिम्मा लगाएर पठाइएको हो । पीडित बालिका अत्यन्त भयभित अवस्थामा छिन् । बालिका बलात्कारको घटनापछि स्थानीय त्रसित छन् ।


यस्ता घटना निरन्तर भइरहदा अभिभावकको चिन्ता बढेको छ । अभिभावकलाई आफ्ना ससाना नानीको सुरक्षाको चिन्ताले सताएको छ ।

प्रकाशित : पुस १७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?