कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सप्तरीमा ६ वर्षीया बालिका बलात्कृत

अवधेशकुमार झा

राजविराज — सप्तरीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ जण्डौलकी ती बालिकालाई स्थानीय २० वर्षीय सुन्दरकुमार सदाले बलात्कार गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ भएको उक्त घटनाबारे प्रहरीले बुधबार साँझ मात्र जानकारी दिएको हो ।

सप्तरीमा ६ वर्षीया बालिका बलात्कृत

घरनजिकै खेलीरहेकी बालिकालाई सदाले २ सय मिटर टाढा खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिका बलात्कारको घटनाबारे जानकारी आएपछि प्रहरीले मंगलबार साँझ नै सदालाई नियन्त्रणमा लिएको छ । रोजगारीका क्रममा भारतको पञ्जावमा रहेका सदा मंगलबार बिहान मात्र घर आएका हुन् । उनी पञ्जावमा पीडित बालिकाका काकासँगै काम गर्थे । उनले साँझ रक्सी खाएर बालिकामाथि जबर्जस्ती गरेको प्रहरीको भनाइ छ ।


पीडित बालिकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि बुधबार साँझ अभिभावकको जिम्मा लगाइएको छ । आरोपी सुन्दरकुमार सदालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस ११, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?