कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘जनकपुर भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो’ : योगी आदित्यनाथ

उत्तर प्रदेशका मुख्यमन्त्री विवहा–पञ्चमी महोत्सवका लागि जनकपुर आउने
सन्तोष सिंह

अयोध्या(भारत) — भारतीय राज्य उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।

‘जनकपुर भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो’ : योगी आदित्यनाथ

‘जनकपुरको भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो,’ उनले भने, ‘राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले झनै महत्व राख्छ । सांस्कृतिक यात्राले दुई सहर जनकपुर र अयोध्यालाई जोड्ने छ ।’


‘दुवै देशका सहमति भयो भने माता सिताको माइतीमा पुगेर श्रद्धा साथ पुजा गर्ने इच्छा छ,’ उनले थपे ।


उतर प्रदेशको राजधानी लखनउ भ्रमणमा रहेका जनकपुरका पत्रकारहरुसँग भेटघाट गर्दै मुखयमन्त्री योगीले आफू विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको बताएका हुन् ।


मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफ्नो पुरानो इच्छा पुरा हुनेभएकाले खुसी व्यतm गर्दै डिसेम्बर १२ तारिखको प्रतिक्षामा रहेको बताएका थिए । जनकपुरमा मंसिर २७ गते अयोजना हुने विवाह पञ्चमीमा सहभागी हुने तयारी भइरहेको छ ।


मुख्यमन्त्री योगीले भगवान श्री रामको जन्मभूमि अयोध्या नगर र माता जानकीको जन्मभूमि जनकपुरधामको विकासका लागि आफू, आफ्नो पार्टी र स्वयं प्रधामन्त्री समेत नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताएका थिए ।


दुवै सहरबीच सांस्कृतिक र धार्मिक सम्बन्धले बाँधिएकोले यसको विकासकै लागि भारत सरकार जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालन गरेको र रेलसेवा शुभारम्भ भएपछि नेपाल भारतको सम्बन्धमा थप टेवा पुग्ने उनको धारणा थियो ।


जनकपुरमा योगिको स्वागतकालागि जानकी मन्दिर र प्रदेश २ सरकार तयारीमा जुटेका छन् । मुख्यमन्त्री लालबाबु राउतले मंसिर २७ गते योगिकालागि भण्डाराको अयोजना गरेका छन् ।


प्रकाशित : मंसिर १७, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?