निष्क्रिय संघ–संस्था खारेजीको तयारी

पर्सा — पछिल्लो केही वर्षयता गैरसरकारी संस्था खोल्ने तर निरन्तरता नदिने प्रवृत्तिलाई जिल्ला प्रशासनले अंकुश लगाउने तयारी गरेको छ ।

निष्क्रिय संघ–संस्था खारेजीको तयारी

कार्यालयमा दर्ता भएर पनि निष्क्रिय रहेका तथा नवीकरणसमेत नगरिएका संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयले खारेजीको गृहकार्य गरिरहेको छ । कार्यालयका सूचना अधिकृत षड्कुमार पोखरेल संस्था दर्ता ऐन २०३४ अनुसार आव ०३७/३८ देखि कार्यालयमा संघसंस्था दर्ता हुन थालेका हुन् । यसरी हालसम्म कार्यालयमा २ हजार १ सय १४ संघसंस्था दर्ता रहेकामा तीमध्ये मुस्किलले २५ प्रतिशत मात्र सक्रिय रहेको अनुमान गरिएको छ ।


सक्रिय नरहेका संघ–संस्था खारेज नगरिए पनि केन्द्रले त्यसबारे चासो लिएकाले यस सम्बन्धमा आन्तरिक रूपमा आवश्यक गृहकार्य भने भइरहेको उनले बताए । ‘केन्द्रले हामीसँग जिल्लामा दर्ता रहेका संघसंस्था र तिनीहरू पछिल्लो समय नवीकरण भए नभएको जानकारी समेत मागेको छ,×’ उनले भने, ‘हामीले त्यसै अनुरूप केन्द्रलाई सम्पूर्ण जानकारी गराइसकेका छौं, अब केन्द्रको थप निर्देशनको प्रतीक्षा गरी रहेका छौं ।’


सामान्यत: ३ वर्षसम्म नवीकरण नगरी निष्क्रिय रहने गरेका संघसंस्था खारेज गर्ने गरिएको उनले बताए । जिल्लामा दर्ता रहेका संघसंस्थाहरूमध्ये धेरै सो महिला, विकास, वातावरण, खेलकुद क्षेत्रमा कार्य गर्ने उद्देश्यले गठन भएको पाइएको उनले बताए । जिल्लामा हाल कार्यरत गैरसरकारी संस्थाहरूमध्ये मुस्किलले १ सय हाराहारीमा मात्र सक्रिय रहेका छन् । बाँकी गैसस निष्क्रिय नै रहेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि गैरसरकारी संघसंस्था खोल्ने लहरनै चलेको हो । तर उत्साहले संघसंस्था खोल्ने मध्ये अधिकांश त्यसपछि आफंै निष्क्रिय हुने गरेका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?