कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कानुन कार्यान्वयनमा जोड

सन्तोष सिंह

जनकपुर — दोस्रो नेपाल बालिका सम्मेलन ५ बँुदे जनकपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले बालविवाह अन्त्यका लागि प्रदेशस्तरीय रणनीति तयार गरी योजनाबद्ध र सुदृढ तवरले अगाडि बढाउने निष्कर्ष निकालेको आयोजक भोरका अध्यक्ष राजकुमार महतोले बताए ।

कानुन कार्यान्वयनमा जोड

मुख्यमन्त्रीको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको कार्यविधि तयार गरी जनस्तरसम्मै कार्यान्वयन गराउने, बालविवाहको प्रमुख जड दाइजो प्रथा नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्नेजस्ता निर्णय घोषणापत्रमा उल्लेख छ । घोषणा पत्रमा बालिका र महिलाको जीवन समृद्धिबिना प्रदेश र देशको समृद्धि सम्भव नभएकाले बालिकाको जीवन रक्षा, सशक्तीकरण र सम्मान गर्न प्रदेश २ मा विशेष योजना ल्याउने महतोले बताए ।

सम्मेलनको अन्तरपुस्ता संवादमा सहभागी जनप्रतिनिधिले बालविवाहको अवस्था स्थानीय सरकारबाट वस्तुस्थिति बुझेका कारण बालविवाहविरुद्ध कानुन बनाएर व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए । अन्तरपुस्ता संवादमा कानुन व्यवसायीले प्रदेश २ मा बालविवाहको समस्या समाधानका लागि सामाजिक मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिए । सम्मेलनमा सहभागी किशोरीहरूले कानुन कागजमा सीमित भएकाले व्यवहारमा लागू हुनुपर्ने बताएका थिए । बालविवाह रोक्ने समाजमा असुरक्षित भएकाले कानुन कार्यान्वयनमा उनीहरूले जोड दिए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धिबिना प्रदेश र मुलुक समृद्धिको कल्पना गर्न नसकिने बताए । नेपाल बालिका सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नसकिने बताए ।

महिलाको महत्त्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्ध रूपमा बेटी पढाऊ बेटी बचाऊ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए । विभिन्न सामाजिक कुरीतिहरूका कारण महिला विभेदमा परेका छन्, मुख्यमन्त्री राउतले भने, ‘सामाजिक कुरीति अन्त गर्न प्रदेश सरकार सशक्त कानुन ल्याउने तयारीमा छ ।’ प्रदेश सरकारले प्रहरी ऐनमा आरक्षणमा महिलाका लागि आधा सिट सुरक्षित गरेको छ, उनले भने । रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने राउतले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बालविवाह दहेज प्रथा जस्ता कुरीतिहरूले महिलालाई अन्यायमा पारेको बताउँदै कुरीति अन्त गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश २ को सप्तरी र रौतहटमा बालविवाह उच्च रहेकाले बालविवाह न्यूनीकरणका लागि प्रदेश सरकार नीति तथा कार्यक्रममा समेटेको यादवले बताए । प्रदेश सबल र नमुना बनाउन बालविवाह र महिला हिंसा न्यूनीकरणसँगै सामाजिक कुरीति अन्त गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । बालिका संरक्षणका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान ल्याएको बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?