कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

झुला उत्सवको रौनक

जनकपुर — सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।

झुला उत्सवको रौनक

राम अवतारको ९९ रासमध्ये प्रमुख झुला जानकी मन्दिरमा कजरी गान गाएर १५ दिनसम्म साँझ ६ बजेदेखि ९ बजेसम्म बनाउने परम्परा रहेको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।

रामरोशनले भने, ‘जानकी मन्दिरको सिंहासनबाट सीतारामलाई बाहिर ल्याई हरेक साँझ झुलामा राखेर झुलाई भोग लगाएर भजनको माध्यमबाट रामलाई व्यङ्गय गर्ने परम्परा छ । प्रमोद वनमा झुला भएको सम्झनालाई जनकपुरमा खुसी, प्रेम, बन्धनका रूपमा झुला उत्सवका मनाउने परम्परा रहेको उनले बताए ।

जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा दुल्ही मन्दिर, रत्न सागर, रसिक निवास र अग्नि कुण्डमा झुला उत्सव भव्यवताका साथ मनाइन्छ ।

जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ । मन्दिरमा भजनकीर्तन गरी हरेक साँझ सीताराम र राधाकृष्णको मूर्ति राखेर झुलाउने परम्परा रहेको छ । झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सरसजावट गरी साँझ सांस्कृतिक कार्यक्रम आयोजन गरिँदै आएको छ ।

मन्दिरहरूमा मूर्ति झुलाउनका लागि कलात्मक सिंहासनको निर्माण गरिएको छ । जनकपुरको ५२ कुटी (मन्दिर) बाट डोलामा सीतारामको मूर्ति राखेर रङ्गभूमि मैदान बाह्र बिघामा ल्याएर जानकी मन्दिरका महन्थद्वारा झुला सुरु गरिन्छ । झुला महोत्सको सुरुवात सन्त परम्परादेखि सुरु भएको मानिन्छ । सन्तहरू खुला चौरमा बसेर शालिग्रामलाई आशनमा राखेर झुलाउन गर्थे ।

सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुला परम्परा जनकपुर आएको बताइन्छ । जनकपुरको जानकी मन्दिर र राम मन्दिरमा झुला महोत्सव विशेष तयारीका साथ मनाइँदै आएको छ ।

जानकी मन्दिरमा विशेष प्रकारको तीन सिंहासन बनाएर सीतारामलाई झुलाउने परम्परा छ । राममन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुष सागरको बीचमा झुला घरमा विशेष प्रकारले बनाउने परम्परा राममन्दिरमा सीमित भएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?