शरीरमा टेप टाँसेर तस्करी

कान्तिपुर संवाददाता

पर्सा — शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् ।

शरीरमा टेप टाँसेर तस्करी

उनलाई वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोक क्षेत्रबाट वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी हवल्दार अर्जुन बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा घलेको शरीरबाट ६९ गोटा डाइजोल्याव, ७२ गोटा नोफिन र ७१ गोटा फेनारगन गरी २ सय १२ गोटा लागूऔषध बरामद गरेको हो ।


पक्राउ परेका घलेलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिआएका प्रनानि नकुल गौतमको जिम्मा लगाई आवश्यक कारबाहीका लागि पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए । सीमामा पछिल्लो समय गरिएको कडाइपछि तस्कर समूहले तस्करीको नयाँ-नयाँ जुक्ति निकालेको हुन सक्ने उनले बताए ।


प्रकाशित : श्रावण २९, २०७५ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?