२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सेनाद्वारा बम निष्क्रिय

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपवश्चिम राजमार्गको पुरानो ट्राफिक पोष्ट अगाडिको पैनीमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

सेनाद्वारा बम निष्क्रिय

राजमार्ग छेउको पैनीको डिलमा राखेको बम स्थानीयले देखेर बिहान प्रहरीलाई खबर गरे पछि डिस्पोज गर्न सेनाको इन्द्रबक्स गणको टोली आएको हो । डिस्पोजका क्रममा झण्डै डेढ घण्टा राजमार्ग अवरुद्ध भएको थियो ।


इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाले बम कसले राखेको भन्ने अहिलेसम्म नखुलको बताए ।


नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आफ्ना नेता पक्राउ गरेको बिरोधमा मंगलबार बन्दको आब्हान गरेको छ ।


बन्दको प्रभाव छैन

नेता पक्राउको बिरोधमा आब्हान गरेको बन्दको जिल्लामा कुनै प्रभाव छैन । सदरमुकाम गौर, गरुडा, कटहरिया लगायतका स्थानका बजार, पशल खुलेका छन् । पूर्वपश्चिम राजमार्गमा सवारी चलेका छन । सुरक्षाकर्मीले सबै सवारी स्कटिङको ब्यवस्था गरेको छ । जिल्ला भित्र कतै अप्रिय घट्ना नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?