कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बिशाखापटनममै अड्कियो मल

कान्तिपुर संवाददाता

पर्सा — रेल्वे र्‍याक नपाउँदा कृषि सामग्री कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयको १० हजार मेट्रिक टन युरिया मल भारतको बिशाखापटनम बन्दरगाहमै थन्किएको छ । २ सातादेखि मल थन्किएको कार्यालय प्रमुख अजय कुमार श्रीवास्तवले बताए ।

बिशाखापटनममै अड्कियो मल

उक्त मल वीरगन्ज ल्याउन भारतकै इन्डियन पोटास लिमिटेडले टेन्डर पारेको थियो ।

२ र ३ नम्बर प्रदेशका जिल्लामा रासायनिक मल वितरण गर्दै आएको कम्पनीले मौज्दात पनि लगभग सकिन लागेको जनाएको छ । वीरगन्जस्थित विभिन्न गोदाममा करिब ३ सय मेटन मात्र रहेको श्रीवास्तवले बताए । अहिले धानबालीको सिजन भएकाले यो मलको अत्यधिक माग छ । विशेष गरी तराईका जिल्लामा यो मल छरिँदै छ । यो क्रम भदौभरि पनि जारी रहन्छ ।

मौज्दात मलले मुस्किलले एक साता मात्र धान्ने श्रीवास्तवले बताए । कार्यालयले साताको २ पटक मल वितरण गरिरहेको छ । बिशाखापटनममा रेलवे र्‍याक पाएको खण्डमा साताभित्रै २ हजार ५ सय मेटन युरिया वीरगन्ज आइपुग्ने भएकाले हाहाकारको अवस्था नरहने श्रीवास्तवको भनाइ छ । ‘असारयता आइतबारसम्म कार्यालयले करिब ४ हजार ८ सय मेट्रिक टन युरिया मल जिल्लामा पठाइसकेको छ,’ उनले भने । हाल रौतहट, सर्लाही, महोत्तरी, धनुषामा युरिया मलको माग बढी छ । साल्ट ट्ेरडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय वीरगन्जमा पनि युरिया मलको मौज्दात १ महिनाअघि नै सकिएको कार्यालय स्रोतले जनाएको छ । ‘कर्पोरेशनमा तत्काल थप युरिया मल आउने तालिका छैन,’ स्रोतले भन्यो, ‘कृषि सामग्री कम्पनीले नै आपूर्ति गर्नुपर्ने अवस्था छ ।’

प्रकाशित : श्रावण २८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?