कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘झूटो प्रतिवेदनमा परमादेश’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा अदालतले झूटो प्रतिवेदनको सहारामा आदेश गरेको आरोप लगाएका छन् ।

‘झूटो प्रतिवेदनमा परमादेश’

विक हत्या प्रकरणमा आरोपी रहेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको थियो ।

‘उनीहरू दुवै जना निर्दोष छन्,’ आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले भने, ‘झूटो प्रतिवेदनका आधारमा अदालतको आदेश भएको छ ।’ उनले पहिलो चरणमा प्रतिवादी बनाइएका १६ जनामा मन्त्री शर्मा र मेयर मिश्रको नाम नरहेको तर पछि उनीहरूलाई प्रतिशोध साँध्न प्रतिवादी बनाइएको दाबी गरे । ‘दोषी थिए भने पहिलो किन उनीहरूको नाम थिएन ?’ प्रश्न गर्दै मन्त्री यादवले भने । विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरको परमादेशपछि सर्वोच्चमा पुनरावेदन गइसकेकाले त्यसपछि मात्र थप बताउने बताए ।

उच्च अदालत जनकपुरको परमादेश कार्यान्वयन हुन्छ कि हँुदैन ? भन्ने प्रश्नमा मन्त्री यादवले भने, ‘निर्दोषलाई जबरजस्ती प्रतिवादी बनाएर झूटा प्रतिवेदनको सहारामा गरिएको आदेश कसरी कार्यान्वयन हुन्छ त ?’ उनले मधेस आन्दोलनका क्रममा विभिन्न जिल्लामा मधेसी मोर्चा आबद्ध दलका नेता कार्यकर्तामाथि झूटा मुद्दा लगाइएको बताए ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?