कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

संखुवासभाको भोटखोलामा डेढ महिनादेखि सडक अवरुद्ध

श्रावण ३१, २०८१
संखुवासभाको भोटखोलामा डेढ महिनादेखि सडक अवरुद्ध

संखुवासभा — संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा पर्ने एकुवाखोलामाथिको पक्की पुल बगाएपछि डेढ महिनादेखि खाँदबारी-किमाथांका सडक ठप्प छ । 

मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्की पुल बगाउँदा हटियाको स्याक्सिला गाउँबाट उपभोग्य सामग्री भरियालाई बोकाएर लैजानु परेको छ । सदरमुकाम खाँदबारीबाट छुटेका सवारी साधन मकालुको समाटारसम्म मात्रै पुग्ने गरेको छ । उत्तर-दक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाका अनुसार गएको असार ६ गते आएको पहिरोले ३० मिटर लामो पक्की पुल बगाएपछि आवतजावतमा समस्या भएको हो ।

स्थानीयले श्रमदान गरेर पैदल हिँड्नका लागि एकतर्फी ओहरदोहर गर्न गोरेटो बाटो भने खुला गरेको छ ।


प्रकाशित : श्रावण ३१, २०८१ १८:००
x
×