कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

श्रावण ३१, २०८१

भोजपुर — पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो गएको हो । 

सडक अवरोधपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । टेम्केमैयुङ–९ मा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडकमाथिबाट ठूलो पहिरो झरेपछि पैदलयात्रा गर्नसमेत जोखिम रहेको स्थानीय एकराज विष्टले बताए ।

उनले भने, 'निरन्तर पहिरो झरिरहेकाले पैदल हिँड्नसमेत समस्या छ ।' सडक अवरुद्ध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयवासीलाई समेत समस्या भएको टेम्केमैयुङ– ९ पाँचधारेका मानबहादुर सुनारले बताए ।

यस्तै घुर्विसे क्षेत्रमा पहिरो जाँदा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेका वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । राउते, लेर्खक काभ्रेलगायत गाउँका करिब २० परिवार जोखिममा छन् । पहिरोले बर्सेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ । वर्षातका कारण राउते खोलाले बगाएको पाँचधारे–कोट सडक भने श्रमदान गरेर सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित : श्रावण ३१, २०८१ १३:५५
x
×