झापा — झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ का महेश रसाइलीका ९ वर्षीय छोरा सौरभको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पौडी खेल्ने क्रममा स्थानीय देवी खोलामा डुबेर घाइते उनलाई आइतबार अपराह्न उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर, अस्पताल पुर्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।