खोटाङ — सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले २०७८ असोज १२ गते दोषी ठहराएका साकेला गाउँपालिका–४ का २३ वर्षीय निसान राईलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले साकेला–२ रतन्छाबाट साउन २४ गते पक्राउ गरी जिल्ला अदालत खोटाङमा आइतबार पेस गरी एक वर्ष ११ महिना १७ दिन कैद र १८ हजार जरिवाना भुक्तानका लागि कारागार पठाइएको हो ।
प्रकाशित : श्रावण २७, २०८१ २२:१६