कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

दिक्तेलमा लाखे सुरु

श्रावण २५, २०८१
दिक्तेलमा लाखे सुरु

खोटाङ — जिल्लाको दिक्तेलमा नेवार समुदायको लाखे नाच शुक्रबार सुरु भएको छ । गँठेमंगलको दिनदेखि सुरु भएर कृष्ण जन्मेको भोलिपल्ट अन्त्य हुने प्रचलन भए पनि जिल्लामा भने नाग पञ्चमीदेखि मात्र सुरु गरिन्छ ।

परापूर्वकालमा बालबच्चालाई राक्षसले खाएको र त्यसलाई परास्त गर्न राक्षसरूपी लाखे नाच्न थालिएको दिक्तेल बजार गुठीका कोषाध्यक्ष इन्द्र कसजुले बताए । लाखेमा कृष्ण लिला प्रस्तुत गरिन्छ । लाखे जात्राभरि गाईजात्रा, रोपाइँजात्रा लगायतका विभिन्न नेवारी संस्कृति प्रदर्शन गरिन्छ । गँठेमंगलको दिनदेखि सुरु भएर कृष्ण जन्मेको भोलिपल्ट अन्त्य हुने लाखे पछिल्लो समयमा भने नागपञ्चमीको दिनदेखि कृष्ण जन्माष्टमीसम्म मात्र नाचिने कसजुको भनाइ छ । ‘नेवारी संस्कृतिअनुसार गठ्यमङ्गलको दिनदेखि सुरु गरिने परम्परा भए पनि खोटाङमा चाहिँ समय अभाव र युवा पलायनका कारण नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखे नाचिन्छ,’कसजुले भने ।

लाखे जिल्लाका विभिन्न ठाउँहरूमा नाच्ने गरिन्छ । एउटै संस्कृति भए पनि लाखे प्रस्तुति भने फरक–फरक रहेको कसजुले सुनाए । लाखे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, बुइपा, जालपा, खार्मी, सोल्मा, साल्ले, दोबेला, हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, सल्ले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, राखा, केपिलासगढी गाउँपालिकाको बाक्सिला, जन्तेढुंगा गाउँपालिकाको चिसापानी, बाराहापोखरी गाउँपालिकाको बाराहापोखरी, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार लगायतका विभिन्न ठाउँहरूमा लाखे नाचिन्छ ।


प्रकाशित : श्रावण २५, २०८१ २०:१६
x
×