कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

श्रावण २४, २०८१
कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर — कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

उक्त दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।


प्रकाशित : श्रावण २४, २०८१ १८:२८
x
×