कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ताप्लेजुङ पर्यटन महोत्सवमा ४९ लाख खर्च, ७५ हजार बचत 

श्रावण २१, २०८१
ताप्लेजुङ पर्यटन महोत्सवमा ४९ लाख खर्च, ७५ हजार बचत 

ताप्लेजुङ — ताप्लेजुङ पर्यटन महोत्सवको आयव्यय सार्वजनिक भएको छ । गत जेठ ३ देखि ७ गतेसम्म भएको महोत्सवमा ४९ लाख २७ हजार खर्च भएको महोत्सव समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताए । महोत्सवमा ७५ हजार बचत भएको छ ।

यो मेयर कप पुरुष भलिबल र औद्योगिक मेलाबाहेकको खर्च हो । लामाका अनुसार भलिबलको खर्च फुङलिङ नगरपालिका र औद्योगिक कृषि तथा पर्यटन मेलाको खर्च उद्योग महासंघले गरेका हुन् । यी कार्यक्रम पनि महोत्सवकै अवसरका भएको थियो ।

खुला तथा महिला हाफ म्याराथन पुरस्कारमा ५ लाख ४६ हजार, व्यवस्थापनमा २ लाख ५० हजार खर्च भएको उल्लेख छ । परियोजना प्रस्ताव, चिठी, मायाको चिनो, प्रमाण पत्र तथा छपाईमा २ लाख ७ हजार खर्च भएको छ । मञ्च व्यवस्थापन र साउन्ड सिस्टममा १० लाख १५ हजार, सांस्कृतिक कार्यक्रम अन्तर्गत कलाकार पारिश्रमिक, यातायात र होटल बासमा ५ लाख ७० हजार खर्च भएको छ ।

स्टल व्यवस्थापन, खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडाखर्च २ लाख १८ हजार, डिजाइन तथा फेलेक्स प्रिन्टमा १ लाख ८४ हजार खर्च भएको छ । साइकिलिङ व्यवस्थापनमा १ लाख २६ हजार, स्वागतद्वार निर्माण १ लाख १५ हजार, मठ मन्दिर तथा माङ्हिममा पूजाका लागि १ लाख २ हजार खर्च भएको उल्लेख छ ।

छायाँङ्कन तथा फोटो प्रदर्शनीमा १ लाख ६ हजार अतिथि स्वागत तथा सत्कारमा १ लाख ८२ हजार आयोजक खाना, खाजा, चिया तथा छलफलमा १ लाख ५३ हजार खर्च भएको छ । महोत्सव प्रचार प्रसारमा ९९ हजार, यातायात व्यवस्थापनमा ८५ हजार, डोको क्यारी रनतर्फ, ७९ हजार, अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार खर्च भएको महोत्सव आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०८१ १८:३८
×