कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

लाखे निकाल्न नेवा दयः दबुमा सूचीकृत हुनुपर्ने

श्रावण २०, २०८१
लाखे निकाल्न नेवा दयः दबुमा सूचीकृत हुनुपर्ने

संखुवासभा — नागपञ्चमीबाट सुरु हुने नेवार समुदायको लाखे नाच अन्य वर्ग वा समुदायलाई प्रस्तुत नगर्न नेवा देय दबु खाँदबारीले आग्रह गरेको छ ।

आइतबार पत्रकार महासंघ संखुवासभाको कार्यालयमा पत्रकार सम्मेलन गरेर नेवा दयः दबुले खाँदबारी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिहरुलाई मात्रै लाखे नाचमा सहभागी हुन आग्रह गरेको हो ।

लाखे नाच्न अनिवार्य रुपमा नेवा दयः दबुमा सुचीकृत हुनुपर्ने छ । लाखे नाचमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्न नपाईने नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए । उनले लाखे नेवार समुदायको संस्कृतिसंग जोडिएकाले अन्य वर्ग वा समुदायबाट लाखे नाच प्रस्तुत नगर्न आग्रह गरे ।

नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने लाखेनाच विशेष गरी नागपञ्चमी देखि सुरु भएर कृष्णाअष्टमीका दिन समापन हुन्छ । उनले बिशेष परिस्थितिबाहेक अन्य समय अवसर वा अन्य कार्यमा लाखे नाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरिएको पनि बताए ।

प्रकाशित : श्रावण २०, २०८१ १९:३५
x
×