खोटाङ — सवारी ज्यान मुद्दामा दोषी ठहर भएकी एक महिला पक्राउ परेकी छन् । जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया अनु थापा क्षेत्री पक्राउ परेकी हुन् ।
अदालतले २०७६ पुस ७ गतेको फैसलाले पाँच महिना जेल सजाय सुनाएको तर फरार रहेकी थापा क्षेत्रीलाई शुक्रबार ललितपुर महानगरपालिका–१८ मगरगाउँबाट पक्राउ गरी शनिबार दिक्तेल ल्याएर आइतबार कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।