कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बाढीले मृत मजदुरको शव पोष्टमार्टम गरेर परिवारको जिम्मा  

श्रावण १९, २०८१
बाढीले मृत मजदुरको शव पोष्टमार्टम गरेर परिवारको जिम्मा  

संखुवासभा — पोष्टमार्टमपछि भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई मजदुरको शव शनिबार आफन्तलाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम गरेर दुबैजना मजदुरको शव आफन्तलाई जिम्मा लगाइएको हो ।

हाइड्रोपावरमा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-५ का रमेश थारुको शव भोजपुरको षडानन्द नगरपालिका र खाँदबारी नगरपालिकामा पर्ने अरुण नदीको सतीघाट किनारमा बुधबार फेला परेको थियो । श्यामकुमार थारुको शव भने षडानन्द-१ मा पर्ने मझुवास्थित नदी किनार नजिकै भेटिएपछि खाँदबारीमा पोष्टमार्टमका लागि ल्याइएको हो ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत उनीहरुलाई मंगलबार राति आएको बाढीले सुतिरहेको अवस्थामा बगाएर बेपत्ता पारेको थियो ।

बाढीमा परेका रामकिसन थारुको भने उद्धार गरिएको थियो । बाढीले बगाएर घाईते अवश्थामा उद्धार गरिएका रामकिसन थारुको जिल्ला अस्पताल संखुवासभामा उपचार पछि घर फर्किएका छन् ।

प्रकाशित : श्रावण १९, २०८१ १६:२०
x
×