कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

चोरी गरिएको ट्र्याक्टरसहित एक व्यक्ति पक्राउ 

आनन्द गौतम

ताप्लेजुङ — असार २२ गते मेरिङदेन गाउँपालिका-३ दोभान बजारबाट हराएको ट्र्याक्टरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मे  १  त ७१७१ नम्वरको ट्र्याक्टर सहित त्यसलाई चलाईरहेका चालक प्रकाश मगरलाई पक्राउ गरेको हो । 

चोरी गरिएको ट्र्याक्टरसहित एक व्यक्ति पक्राउ 

प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार दोभानबाट हराएको ट्र्याक्टर फुङलिङ नगरपालिका-१० फुरुम्वूको बैदारेमा २३ गते फेला परेको थियो । तर फुङलिङ नगरपालिका-८ घर भएका चालक प्रहरीलाई देखेपछि ट्र्याक्टर छोडेर भागेका थिए ।

२६ गते उनलाई घरमै लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु भएको लुङगेलीले जानकारी दिए ।

दोभानका जय प्रसाद भट्टराईले सञ्चालन गर्दै आएको ट्र्याक्टर आफ्नै घर अगाडि आँगनमा पार्किङ गरेको ठाउँबाटै राति हराएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसारको मुद्दा चलाई अनुसन्धान सुरु भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २७, २०८१ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×