कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अविरल वर्षाले भोजपुरमा सडक भासियो

भोजपुर — अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 

अविरल वर्षाले भोजपुरमा सडक भासियो

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । 'वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,' उपाध्यक्ष राईले भनिन्, 'सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।'

प्रकाशित : असार २६, २०८१ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×