कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिँदा पाँच जना श्रमिक घाइते

लक्ष्मी गौतम

पाँचथर — निर्माणाधीन काबेली हाइड्रो पावरको सुरुङ निर्माणका क्रममा ढिस्कोले पुरिँदा ५ जना श्रमिक घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । जिल्लाको हिलिहाङ गाउॅपालिका-१ काबेली खोलामा निर्माणाधीन उक्त हाइड्रोमा कार्यरत ५ जना श्रमिक मंगलबार साँझ ढिस्को खसेर पुरिएका थिए ।

घाइतेको उद्वार गरेर उपचारार्थ पाँचथर जिल्ला अस्पताल ल्याइएकोमा ३ जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये इलामको माङसेवुङ-६ का ३१ वर्षीय ३१ को दिपेन राई र दैलेख जिल्लाको गुराँस गाउँपालिका-३ पाथिकान्ला घर भएका २५ गोविन्द बुढालाई थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक बेनिलाल साह तेलीले बताए ।

प्रकाशित : असार २६, २०८१ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×