कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मनसुनजन्य विपद् न्यूनीकरण गर्न विपद् सहायता कक्ष स्थापना

डम्बरसिं राई

खोटाङ — मनसुनजन्य विपद् न्यूनीकरण तथा प्रतिकार्यका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा हुनसक्ने घटनाका पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

मनसुनजन्य विपद् न्यूनीकरण गर्न विपद् सहायता कक्ष स्थापना

मनसुनजन्य विपद्मा परेको उद्धार तथा राहत वितरणलाई प्रभावकारी र व्यवस्थित गर्न सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको कार्कीले जनाए । उक्त समितिले विपद्मा परेको उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्ने कार्कीले बताए ।

जिल्लामा हुन सक्ने मनसुनजन्य विपद्का घटनालाई प्रतिकार्यका लागि सबैसंग हातेमालो गर्दै यसका लागि सम्बन्धित सबै पक्षसाग सहकार्य गर्ने निर्णय भएको समेत कार्कीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ । मनसुनको समय भएकाले विपद् प्रतिकार्य, राहत वितरण र उद्धारका लागि जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सम्बन्धित निकायहरू, सरोकारवाला सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको कार्कीले सुनाए ।

यस्तै मुख्य सडकहरू बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुादा सम्बन्धित सडक आयोजनाहरुलाई सडक अवरुद्ध हुनासाथ तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीय सडकहरु सञ्चालन हुने अवस्थामा राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । जिल्लामा हुन सक्ने मनसुनजन्य सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई विपद्जन्य उपचारको लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको कार्कीले बताए ।

जिल्लामा बाढीबाट ८५ घरधुरीको ३२० र पहिरोबाट ४३९ घरधुरीको एक हजार ७६१ जना उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले गरेको सर्वेक्षणले देखाएको छ ।

मनसुनजन्य विपद्का घटना आइपरेको खण्डमा उनीहरुलाई तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउाहरूसमेत पहिचान गरिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । यसका लागि जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनहरुमा छ हजार ८५५ जनालाई राख्न सकिने ठाउा तयारी गरिएको खड्काले जनाए ।

प्रकाशित : असार २६, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×