कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बलान नदीको तटबन्धमा कटान सुरु

सातसय परिवार जोखिममा

राजविराज — निरन्तरको वर्षापछि बलान नदीमा पानीको सतह बढेको छ । अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ ।

बलान नदीको तटबन्धमा कटान सुरु

सप्तरीको बलान-बिहुल गाउँपालिका-४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।

२ सय मिटरसम्मको लम्बाइमा कटान भएको पालिका अध्यक्ष यादवले जनाए । अहिले कटान लागेको स्थानमा दुई वर्षदेखि प्रदेश सरकारको बजेटमा सिचाइँ कार्यालयले मर्मत र पुनर्निर्माणको कार्य गरेको थियो । पालिका अध्यक्ष यादवका अनुसार बलान नदीको कटान लागेको स्थानमा २ करोड ७० लाखको कार्य सिंचाइँ कार्यालयले गरेको थियो । प्रभावकारी रूपमा काम नगरिँदा अहिले फेरि कटान भइरहेको उनले बताए ।

अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए सातसय परिवारको उठिवास हुने अध्यक्ष यादवले बताए ।

तत्कालिक मर्मत स्वरूप बाँस हालेर बोरा हाल्ने तयारी गरिएको छ ।

प्रकाशित : असार २६, २०८१ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×