कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् । खेतको काम गरेर बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासि भत्किएको थियो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

घाइते हुनेमा सिरिजंगा गाउँपालिका–२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बानियाँ, उनका ३८ वर्षीया श्रीमती जानुका बानियाँ, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र प्रकाश विश्वकर्माको छोरा वर्ष १० का रोहित विश्वकर्मा रहेका छन् ।


प्रकाशित : असार २६, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×