कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

समयमै काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान

खोटाङ — निर्माण अवधिमै काम सक्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने भालुखोला र मेवाखोला पुल निर्माणअवधि अगावै सक्ने केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्ध निर्देशक मोहन कार्कीलाई शुक्रबार सम्मान गरिएको हो ।

समयमै काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र उक्त नगरपालिकाकै वडा नं ६ नेर्पास्थित मेवाखोलामा २०–२० मिटर लम्बाइको पुल निर्माण अवधिमै सकेपछि सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।

आठ करोड ९४ लाख रुपैयाँमा सक्ने गरी उक्त दुवै पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स विल्डर्स प्रालिले लिएको थियो । २०८१ असार–२२ गतेभित्र सक्ने गरी २०७९ असार २२ गते सडक विभागसाग सम्झौता गरेको थियो ।

सम्मान कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, कांग्रेस खोटाङका प्रवक्ता रोजन राई, नेकपा समाजवादी पार्टीका जलशेर राई, समाजसेवी सूर्यबहादुर राई, व्यवसायी कविकुमार राई लगायतले बेलामा काम सकेकोप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित : असार ७, २०८१ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×