कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मकै खेतीबारे बुझ्न नेपाली किसानको समूह विहारमा

विनोद भण्डारी

विराटनगर — मकै खेतीको अध्ययन र बजारीकरणका बारेमा बुझ्न नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतको नेतृत्वमा किसानको एक समूह शुक्रबार भारत विहारको गुलाब्बाग पुगेको छ । 

मकै खेतीबारे बुझ्न नेपाली किसानको समूह विहारमा

विहारको गुलाब्बाग मकैको ठुलो मण्डी हो । दुई दिनकालागि गएको टोलीले त्यहाँ मकै किसान र व्यवसायीसँग मकै खेतीको प्रविधिका बारेमा जानकारी लिँदै त्यहाँको कृषि विश्वविद्यालयका प्रतिनिधिहरुसँग पनि अर्न्तक्रिया गर्ने बताइएको छ ।

टोलीलाई शुक्रबार विराटनगरबाट बिदाइ गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केहीवर्ष यता विहारमा कृषिले ठूलो फड्को मारेको र त्यसको सिको नेपालका कृषक र व्यवसायीहरुले पनि गर्नु पर्ने बताए । छिमेकी देशमा भइरहेको विकासको नमूनालाई हामीले उदाहरणका रुपमा लिएर अगाडी बढ्नु पर्ने र भ्रमणका क्रममा मकैको उत्पादन, यसको खेतीमा संलग्न व्यवसायीहरुसँगको अन्तरक्रियाबाट निस्केका राय सुझावलाई मकैको व्यवसायीक खेतीमा प्रयोग गर्नु सक्नुपर्ने राउतको भनाई थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषिलाई आत्मनिर्भर बनाउन भारतको केन्द्रिय र राज्य सरकारले धेरै सुविधा दिँदा किसान खेतीमा सफल हुँदै आएको उल्लेख गर्दै नेपालमा पनि कृषिमा त्यस्तै सुविधा दिएर सरकारले कृषिको विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले कृषि उद्यम केन्द्रले सिमिट नेपालको सहयोगमा पश्चिम नेपालको कपिलवस्तु, दाङ बाँके, बर्दिया, कैलाली र कंचनपुरमा मकैको व्यवसायिक खेतीको सुरुवात गरेको र त्यसमा ती जिल्लाका कृषक, सहकारी र व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×