कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

पहिरोमा पुरिएर अरुण तेस्रो आयोजनाका कामदारको मृत्यु 

संखुवासभा — पहिरोमा पुरिएर संखुवासभामा एक जनाको मृत्यु भएको छ ।  चिचिला गाउँपालिका-३ सोलाखानीमा  अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने कामदारको मृत्यु भएको हो । पहिरोमा परी दुई जना  घाइते भएका छन् ।

पहिरोमा पुरिएर अरुण तेस्रो आयोजनाका कामदारको मृत्यु 

आयोजनाअन्तर्गत 'अडिट थ्री'का कामदार बर्दिया घोराभिट्टाका गंगाराम थारुको पहिरोमा परी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सुतेकै अवस्थामा मंगलबार वर्षापछि आएको पहिरो आएपछि चौधरी पुरिएका हुन् ।

कामदारका लागि निर्माण भएका १४ वटा कोठामध्ये ३ वटा पहिरोले बगाएको छ । पहिरोमा परी मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×