कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला 

अर्जुन सुवेदी

सुनसरी — मोरङको सुन्दरहरैँचा-६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचा नगरपालिका-६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो ।

मोरङको सुन्दरहरैँचामा हात्ती मृत फेला 

अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए ।

सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको लाटीझोडा सबडिभिजन वन कार्यालयका प्रमुख अमृतविलास पन्तले जानकारी दिए ।

माउ बेगर हात्तीको बच्चा कसरी व्यक्तिको केरा बगानभित्र पुग्यो र मृत भेटियो भन्ने खुल्न नसकेको पन्तले बताए । हात्तीको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनै पनि चोटपटक नदेखिएको पन्तले जानकारी दिए ।

सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पनि घटनास्थलमा रहेको र हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनको भनाइ छ । गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैचा–१० स्थित जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको थियो ।

१० –१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×