कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोटेहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

डम्बरसिं राई

खोटाङ — खोटेहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । उक्त पालिकाका १५ महिनाभित्र सात सय ९४ जना बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि सोमबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

खोटेहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत यदुकुमार बस्नेतका अनुसार विभिन्न १३ प्रकारका खोप पूरा गरेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण सुनिश्चितता घोषणा गरेका हुन् ।

डिसिजी, पेन्टा, एसपीभी, दादुरा रुवेला, जापानीज इन्सेफ्लाइटिस्ट, टिडी लगायतका १३ प्रकारका खोप पूरा गरिएको बस्नेतले सुनाए ।

प्रकाशित : जेष्ठ २८, २०८१ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x