कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भारतीय पर्यटक आकर्षित कोशी प्रदेशमा इस्टर्न टाभल मार्ट सुरु

अर्जुन सुवेदी

सुनसरी — भारत र बंगलादेशका पर्यटक आकर्षित गर्न कोशी प्रदेशमा इस्टर्न टाभल मार्ट सुरु भएको छ । कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरुलाई सीमावर्ती भारतीय सहर र बंगलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

भारतीय पर्यटक आकर्षित कोशी प्रदेशमा इस्टर्न टाभल मार्ट सुरु

नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीमा सुरु भएको कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।

पर्यटन बोर्ड र स्थानीय सरकारसँग समन्वय गरी निजी क्षेत्रका सम्बद्ध सरोकारमार्फत सञ्चालन हुँदै आएको कार्यक्रमको यो चौथो संस्करण हो । आइतबारसम्म चल्ने कार्यक्रमको समापन झापाको पूर्वीनाका काकडभिटामा हुने आयोजकले जनाएको छ ।

टाभल मार्टमा नेपालका ५० जना तथा भारतको विहार, पश्चिम बंगाल, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी टाभल व्यवसायी र पर्यटनसँग सम्बद्ध संघ संगठनका प्रतिनिधि गरी १ सय ३० बढी पर्यटनकर्मीको सहभागिता रहेको इस्टर्न टाभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविसकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरु, धार्मिक स्थलहरु, हस्पिटालीटी मेनेजमेन्ट कलेजहरु गरी ३० भन्दा बढी स्टलहरु रहेको छ ।

कार्यक्रमको दौरानमा विदेशी पर्यटकलाई प्रदेशका विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमण पनि गराइने छ । यस्तै स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरुबीच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तरदेशीय व्यवसायी प्याकेजहरुमा सहमति सम्झौतासमेत हुने आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०८१ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×