कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

अर्जुन सुवेदी

सुनसरी — सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरी हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो । 

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद 

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन सकेका छैनन् । नगद रकम, कार र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ २०, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×