२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

धनकुटा — छथर जोरपाटी गाउँपालिका-४ पाथीभरामा सोमवार अपरान्ह करिब ५ बजे मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ । 

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

मृत्यु हुनेमा छथर जोरपाटी-५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।

ट्र्याक्टर सडकबाट करिब एक सय मीटर तल खसेको जनाइएको छ । तीन वटा ट्र्याक्टरमा मलामी सवार मध्ये एउटा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा समीर लिम्बु, नगेन्द्र थापा, अर्जुन थापा, थर्कबहादुर अधिकारी, ध्रुबबहादुर अधिकारी, रेगिन्द्र अधिकारी, भीमबहादुर काफ्ले लगायत १८ यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अधिकांसको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?