कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

दिक्तेलमा सामुदायिक कुकुरको बन्ध्याकरण

डम्बरसिं राई

खोटाङ — दिक्तेल बजारमा सामुदायिक कुकुरहरूको आतंक बढेपछि यसको नियन्त्रणका लागि शुक्रबार स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

दिक्तेलमा सामुदायिक कुकुरको बन्ध्याकरण

बजार क्षेत्रमा सामुदायिक कुकुरले दुःख दिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र चितवनको रामपुरस्थित कृषि वन विज्ञान विश्वविद्यालयसँगको सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पशु चिकित्सक निशान दाहालका अनुसार शुक्रबार ३५ सामुदायिक र ५ वटा निजी गरी ४० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।

मुढेस्थित नेपाली सेनाको रणभीम गणले सामुदायिक कुकुरहरू संकलन गरेर सहयोग गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x