कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

सुनसरी — सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

प्रहरीले देवानगञ्ज गाउँपालिका–५ स्थित मेहेता टोलबाट १३ वटा बोरामा प्याक गरिएको ४ सय ४० किलो गाँजासहित गाजा लोड गरिएको को १ ख ७१२३ नम्बरको मिनी ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी-१४ बस्ने २५ बर्षीय चन्द्रबहादुर पाख्रिन, मोरङ लेटाङ-६ बस्ने बलबहादुर लिम्बु र सुनसरी देवानगंज-४ का ३० वर्षीय अरबिन्द पाल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए ।

पाख्रिन ट्रक चालक हुन् । उनीहरुको साथबाट १ लाख ५० हजार रुपैयाँ भारु र नेपाली ५२ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×