कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

धनकुटामा पर्यटन सूचना केन्द्र सञ्चालनमा

धनकुटा — धनकुटामा पर्यटन सूचना केन्द्र सञ्चालनमा आएको छ । धनकुटा नगरपालिका-७ स्थित बस पार्कमा रहेको केन्द्रको आइतवारदेखि सञ्चालनमा आएको हो ।

धनकुटामा पर्यटन सूचना केन्द्र सञ्चालनमा

धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको केन्द्रमा पर्यटन, ऐतिहासिक, धार्मिक स्थल तथा मौसम लगायतका जानकारी उपलब्ध गराइने जनाइएको छ । यस्तै, ट्रेकिङ गाइड, संरक्षण क्षेत्रभित्र पालना गर्नु पर्ने नियम, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान सम्बन्धी सेवा उपलब्ध गराइने आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र प्रशासकीय अधिकृत दशरथ राईले संयुक्तरुपमा केन्द्रको औपचारिक उद्घाटन गरे । केन्द्रमा जलवायु परिवर्तन पानीको संरक्षण सम्बन्धी खोज अनुसन्धानका गतिविधि, पर्यटन र प्रविधिको संयोजन सम्बन्धी खोज, समुदाय पहिचान सम्बन्धीबारे सुचना उपलब्ध गराइने भएको छ ।

यसैगरी, आकस्मिक उद्धार तथा उपचारको लागि समन्वय, हराएको सामानको सम्पर्कसेवा प्रवाह, सोधपुछ सहायता कक्ष समावेश गरिएको छ ।

उक्त केन्द्रबाट नगर क्षेत्रको सुचना प्राथमिकतामा राखिने भएपनि जिल्लाभरका पर्यटन सम्बन्धी जानकारी उपलब्ध गराइने नगर प्रमुख तामाङले बताए । तीन जना जनशक्ती व्यवस्था गरिएको केन्द्रमा विद्युतीय बोर्डबाट सुचना प्रवाह गरिएको छ । जिल्लामा दैनिक सयौँ आन्तरिक तथा वाहृय पर्यटकको पुग्ने गरेपनि त्यसबारे अभिलेख राखिने गरिएको थिएन ।

प्रकाशित : वैशाख २, २०८१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?