कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भोटखोलामा एकसातादेखि सञ्चारसेवा अवरुद्ध

संखुवासभा — संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुंङ टावर चट्याङले बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ । एकसाता अघि परेको चट्याङले माक्पालुंगमा रहेको टावर क्षति भएको हो ।

व्याट्री व्याकअप, उपकरण र टावरका सामाग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीयबासिन्दा पासाङ्ग खम्बा भोटेले बताए ।

मोवाईल फोन अवरुद्ध भएपछि सदरमुकाम संग भोटखोलाबासीको सम्पर्क टुटेको छ । सिमावर्ती, किमाथांका, चेपुवा, हटिया लगायतका दुर्गभ भेगका बासिन्दालाई मोवाईल सेवा संचालन नहुँदा समस्या भएको हो । करिब १ बर्ष अघि नेपाल टेलिकमले पहिलो पटक फोर जी सहितको जिएसएम मोवाइल सेवा भोटखोलामा संचालन गरेको थियो ।

प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट गएको प्राविधिक टोली पुग्न नसकेको टेलिकम खाँदबारीले जनाएको छ । चट्याङले लागेको टावरसम्म पुग्न प्राविधिकलाई कम्तिमा २ दिन लाग्छ ।

प्रकाशित : वैशाख २, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?