१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

खोटाङमा डढेलोले दुई घर जल्यो

डम्बरसिं राई

खोटाङ — डढेलोले सोमबार दुई घर जलेर नष्ट भएको छ । जङ्गलबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका बन्दिरबहादुर राई र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी काहुलेका देशबहादुर विश्वकर्माको घर जलेर नष्ट भएको हो ।

खोटाङमा डढेलोले दुई घर जल्यो

स्थानीय देउरालीस्थित कटहरे पाखा जङ्गलमा लागेको डढेलोले राईको घर र दुई वटा गोठ जलेर नष्ट भएको हो ।

राजापानीको छिताकुण्ड सामुदायिक वनमा लागेको डढेलोले विश्वकर्माको दुई तले घर जलेको छ । उनको घर सहित अन्नपात, लत्ताकपडा, नगद २५ हजार कागजात लगायत जल्दा एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित : चैत्र २०, २०८० १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?