२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नवजात शिशुको शव फेला

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–९ स्थित सिद्धकाली टोलमा एक नवजात शिशुको शव फेला परेको छ । सिधुवा–जितपुरको भित्री सडक छेउमा करिब पाँच महिनाको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले सोमबार अपराह्न शव फेला पारि प्रहरीलाई खबर गरेका थिए । हाल शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

शिशुका आफन्तको खोजी कार्य भइरहे पनि हालसम्म सम्बन्धित व्यक्ति फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक अनिलकुमार साहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी राखिएको साहले जनाए ।

प्रकाशित : चैत्र २०, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x